← समाचारमा फर्कनुस्
हङकङ र लावस विरुद्ध खेलको लागि नेपाली टोली घोषणा

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि अन्तिम टोली घोषणा गरेका छन् ।
नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ भने जुन १० मा लाओससँग छनोट खेल खेल्नेछ ।
राष्ट्रिय टोली मंगलबार हङकङ जाने र त्यसपछि मैत्रीपूर्ण खेलपछि लाओस जानेछ ।
टोलीः अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की , गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, लकेन लिम्बु मनि कुमार लामा, मनिष डागी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |