सिंगापुर र मलेसियासँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौं। सिंगापुर र मलेसियासँग खेल्ने नेपाली टोली घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक म्याट रसले सोमबार २३ सदस्सीय टोली घोषणा गरेका हुन्। नेपालले मार्च २१ मा सिंगारपुरसँग मैत्रीपूर्ण र मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप छनोट २०२७ खेल्दैछ।
रसले यसअघि २७ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेका थिए। तीमध्ये फरवार्ड सुवास ठकुरी बम, डिफेन्डर सुमन श्रेष्ठ र एञ्जल श्रेष्ठले पहिलोपल्ट टोलीमा स्थान बनाएका हुन्।
यी दुईले स्थान बनाउँदा गोलकिपर विशाल सुनार, डिफेन्डर आशिष गुरुङ तथा फरवार्डद्वय नीराजन धामी र सृजनराज गौतम फ्याँकिएका हुन्।
दोस्रो चरणको प्रशिक्षणमा फरवार्ड रेजिन सुब्वा तथा सृर्जनराज गौतम र डिफेन्डर सुमन श्रेष्ठ स्ट्यान्डबाइ सूचीबाट समेटिएका थिए।
नेपालले एएफसी एसियन कप छनोट २०२७ को तयारीस्वरूप सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। प्रशिक्षक रसले यही खेलमार्फत डेब्यु गर्नेछन्। एन्फाले उनीसँग एक वर्षको सम्झौता गरेको छ। उक्त खेललगत्तै नेपाली टोली त्यहीबाट मलेसिया प्रस्थान गर्नेछ।
पूर्व निर्धारित तालिकाअनुसार नेपालले छनोटको पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नुपर्ने थियो। तर, मैदान र सुरक्षाका कारण देखाउँदै खेलस्थान मलेसिया सारिएको हो।
प्रारम्भिक टोली
गोलकिपरः किरणकुमार लिम्बू, दीप कार्की, एञ्जल श्रेष्ठ
डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रन्दीप पौडेल, सुमन श्रेष्ठ
मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिशरत्न छिन्जु
फरवार्डः जिलेस्पिजंग कार्की, अञ्जन विष्ट, दीनेश हेन्जन, सुवास ठकुरी बम, रेजिन सुब्वा
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |