← समाचारमा फर्कनुस्
बंगलादेश र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेश र मलेसियाविरुद्धको दुई खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको शनिबार घोषणा गरेका छन् । नेपालले नोभम्बर १३ मा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
त्यसपछि नोभेम्बर १८ मा मलेसियाविरुद्ध एसियाकप छनोटको तेस्रो चरणको खेल खेल्नेछ । प्रमुख प्रशिक्षक हरि खड्काले किरण लिम्बूको नेतृत्वमा २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।
घोषित टिममा अन्य खेलाडीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेमजन, दीपेश गुरुङ, जिलेप्सीजंग कार्की, कुशल देउवा, लाकेन लिम्बू, मणि लामा, मनीष डांगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमिन श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |