← समाचारमा फर्कनुस्
Football Apr 28, 2025 · Swadesh

३० खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा

३० खेलाडी प्रारम्भिक बन्द प्रशिक्षणमा

काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङसँग हुने मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएका छन्।

नेपालले आगामी ५ जुनमा हङकङसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ। सोही खेलका लागि रसले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन्।

नेपालले पछिल्लोपल्ट घरेलु टोली मलेसियासँग २५ मार्चमा एएफसी एसियन कप छनोट खेलेको थियो। उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो।

अब नेपालले १० जुनमा लाओससँग खेल्दैछ। त्यसैको तयारीस्वरूप हङकङसँग नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

नेपालकाे प्रारम्भिक टोलीः 

अभिषेक लिम्बू, अमृत श्रेष्ठ, अनन्त तामाङ, अञ्जन विष्ट, एञ्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), जेलेस्पीजंग कार्की, किरण चेम्जोङ (गोलकिपर), कृतिशरत्न छुन्जु, कार्की, कुशल देउवा, दीप कार्की (गोलकिपर), लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, नीरजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राज, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरजजिउ ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →