← समाचारमा फर्कनुस्
पुनरागमन जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली भुटानविरुद्ध पुनरागमन जित हासिल गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइन प्रवेश गरेका छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा पाहुना टोली नेपालले भुटानविरुद्ध २–१ गोलको जित हात पारेसँगै दुई खेलमा ६ अंक जोडेको नेपाल समूह ‘बी’ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। पराजित भुटान भने समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो।
यो समूहबाट पाकिस्तान समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गर्यो।
पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले हराएको थियो।
नेपालले सेमिफाइनलमा समूह ‘ए’ को विजेता भारतको सामना गर्नेछ। पहिलो हाफमा १–० गोलले पछि परेको नेपालले दोस्रो हाफमा सानदार पुरनरागमन गर्दै दुई गोल गर्न सफल भयो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |