नेपालको लगातार दोस्रो हार

काठमाडौं। अष्ट्रेलियामा जारी टप एन्ड टी२० सिरिजमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको हो।
यसअघि पहिलाे खेलमा नेपाल घरेलु टाेली नर्दर्न टेरिटाेरी स्टाइकरसँग ४२ रनले पराजित भएको थियो ।
बंगलादेश ‘ए’ ले दिएकाे १८७ रनकाे लक्ष्य पछ्याएकाे नेपालले ओभरमा ७ विकेट गुमाएर १५४ रन बनाउन सक्याे।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। उनी ५९ रनमा अविजित रहे। ४७ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे।
आसिफ शेख २८, लोकेश बम १५, कुशल भुर्तेल १२ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए। नन्दन यादव १४ रनमा अविजित रहे।
बंगलादेशका राकिब उल हसनले सर्वाधिक तीन विकेट लिए। हसन महमदले दुई तथा तुफ्याल अहमद र रिपोन मण्डलले समान एक विकेट लिए।
त्यसअघि अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर पहिले ब्याटिङ थालेकाे बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएकाे थियाे।
बंगलादेशका लागि जिसन आलमले ४६ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ७३ रनको योगदान गरे। यसैगरी अफिफ हुसेनले अविजित ४८, मोहम्मद नइमले २५ र सइफ हसनले ११ रन बनाए।
नेपालका लागि रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले समान एक विकेट लिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |