नेपाल उपविजेतामै सिमित

काठमाडौं। नेपाल अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा म्यानमारसँग पराजित हुँदै उपविजेतामा सिमित बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल पाहुना टोली म्यानमारसँग २–० ले पराजित भएको हो। समग्रमा नेपालले खेलेको यो १३औं अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा हो।
नेपाल यसअघि साफ महिला च्याम्पियनसिपमा ६, दक्षिण एसियाली खेलकुदमा तीन तथा वाफ, हिरो महिला गोल्डकप र नादेज्दा कपमा समान एकपल्ट उपविजेता बनेको थियो। अर्कोतर्फ नेपालले एकै वर्षमा हार बेहोरेको तेस्रो फाइनल हो।
गत फागुनमा साउदी अरबमा सम्पन्न वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग टाइब्रेकरमा ५–३ ले पराजित भएको थियो। गत कात्तिक दशरथ रंगशालामै भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बंगलादेशसँग २–१ ले पराजित भयो।
तेस्रो प्रयासमा नेपालको विजेता बन्ने लक्ष्य बुनेको थियो। तर, यसपल्ट पनि प्राप्त अवसरलाई सदुपयोग गर्न नसक्दा नेपालले उपविजेतामै सीमित हुन पुगेको हो। म्यानमारलाई उपाधि दिलाउन यु पेर खिनेले एक गोल गरिन्। एक गोल भने नेपालले उपहार दिएको हो।
यसअघि नेपालले लिग चरणमा म्यानमारलाई २२ को बराबरीमा रोकेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |