← समाचारमा फर्कनुस्
पुलिस च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगको उपाधि जितेको छ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार भएको खेलमा पुलिसले चर्च ब्वाइज युनाइलाई २–१ ले हराएको हो।
पुलिसको जितमा विक्रम गौतम र कप्तान सुवास बमले एक एक गोल गरे।
विक्रमले खेलको २८ सकेन्डमै गोल गर्दै पुलिसलाई सुरूआती लिएको थियो। ४३औं मिनेटमा कप्तान सुवास बमले अर्को गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाए।तर, दोस्रो हनफको इन्जुरी समयमा निमा पाख्रिले गरेको गोल चर्च ब्वाइजलाई सान्त्वना बन्यो।
जितसँगै शीर्ष स्थानको पुलिसले २१ खेलबाट ४८ अंक जोडेको छ। एक खेलअगाबै पुलिस च्याम्पियन बनेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |