श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, अब भारतसंग खेल्ने

साफ च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंकालाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खेलमा नेपालले श्रीलंकालाई ६-० को गोलले पराजित गरेको हो।
खेलको आठौं मिनेटमा सवित्राको पासमा सविता रानामगरले गोलमा गरेको थियो। खेलको १२औं मिनेटमा सवित्राको करिब २५ यार्डबाट प्रहार गर्दै गोल गरेको थियो। एक मिनेट नबित्दै रेखाले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलायो।
खेलको ३६ औं मिनेटमा रेखाले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरिन्। सावित्राको सटमा रेखाले हल्का टच दिँदै बललाई जालीसम्म पुर्याएकी हुन्।
नेपालले दोस्रो हाफको दुई मिनेटमा सविताको क्रसमा अमिसा कार्कीले हेडगर्दै ५-० को अग्रता दिलाएको थियो। खेलको ९०+४ मिनेटमा पाएको कर्नर किंकमा रश्मी कुमारी घिसिगंले हेडगोल गर्दै ६-० को नतिजा दिलाईन।
यस जित संगै नेपाल समूह बि को बिजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालले भारत संग खेल्ने छ। उप विजेता भुटानले सेमिफइनलमा बंगलादेश संग खेल्ने छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |