नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। एएफसी यु–२० महिला एसियन कप छनोटको तेस्रो खेलमा नेपालले उत्तर कोरिया सँग प्रतिस्पर्धा गर्दै।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आज यो खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ। समूह ‘ए’मा रहेको नेपालले भुटान र साउदी अरबमाथि गोलको वर्षा गर्ने र साबिक विजेता उत्तर कोरियासँग बराबरी खेलेर छनोट सक्काउने योजना बुनेको थियो।
तर, अन्तिम लक्ष्य नै पहिलो खेलको नतिजा रह्यो। आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग १–१ को निराशाजनक बराबरी खेल्यो। नेपालले साउदी अरबलाई १-० गोलले पराजित गरेको थियो।
आजको खेल भने नेपाललाई जित्नै पर्ने दबाब रहेको छ जुन नेपाली टोलीलाई फलामको च्यउरा चपाए जस्तै हो।
उत्तर कोरियाले भुटानविरुद्ध १०–० को भारी जित निकालेको थियो भने पहिलो खेलमी साउदी अरबविरुद्ध त १५–० गोलको बर्षा गर्दै जित निकालेको थियो।
तीनपल्ट विश्वकप र दुईपल्ट एसियन कप जितिसकेको उत्तर कोरियालाई के नेपालले रोक्न सकिएला त?
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |