← समाचारमा फर्कनुस्
Football May 31, 2025 · Swadesh

थाइल्यान्डसँग नेपाल पराजित

थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौं। पहिलो मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाल घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ।

क्लोज डोरमा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो। पहिलो हाफमा नेपालले थाइल्यान्डलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफमा भने गोल खाएको हो। 

नेपाल र थाइल्यान्डबीच सोमबार अर्को मैत्रीपूर्ण खेल हुने तय छ। उक्त खेल भने अन्तर्राष्ट्रिय मान्यताप्राप्त हुनेछ। नेपालले एएफसी महिला एसियन कप छनोट २०२६को तयारीस्वरूप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो।

एसियाली फुटबल महासंघ (एएफसी)ले सार्वजनिक गरेको खेलतालिका अनुसार नेपालले उज्बेकिस्तानमा हुने छनोटअन्तर्गत पहिलो खेलमा लाओससँग प्रतिद्वन्द्वी गर्नेछ। यी दुईबीचको खेल २९ जुनमा हुनेछ।

नेपाल र लाओस समूह ‘एफ’ मा परेका छन्। यो समूहमा उज्बेकिस्तान र श्रीलंका पनि छन्। नेपाल फिफा वरीयतामा ९९औं स्थानमा छ। लाओस भने आठ स्थान तल अर्थात् १०७औं स्थानमा छ।

नेपालले दोस्रो खेल श्रीलंका र अन्तिम खेल घरेलु टोली उज्बेकिस्तानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कपमा स्थान बनाउने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →