नेपाल कतारसंग पराजित

एफसी यु–१७ एसियन कप छनोट अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा कतारसँग हार व्यहोरेको छ।
कतारको दोहास्थित एस्पायर एकेडेमीमा भएको खेलमा नेपाल कतारसंग ५-० गोलले पराजित भएको हो।
कतारले खेलको २१औं मिनेटमा याजान मोहम्मदको गोलमा सुरूवाती अग्रता लिएको थियो। नेपालको को कमजोर डिफेन्सको फाईदा उठाउदै खेलको ४५औं मिनेटमा डि बक्स भित्र बल राम्रो संग क्लिएर गर्न नसक्दा कतारका कप्तान जैद फैसल गोल गरेको थियो। त्यस्तै खेलको ५६औं जैद फैसलले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे।
खेलको ६६ औं मिनेटमा उमर अल मार्जोकीले गोल गर्दै खेललाई ४-० को नतिजा दिलाए। कप्तान जैद फैसलले ८२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरेको थियो।
यसै समूह एफ को अर्को खेलना जापानले मंगोलियालाई ७-० गोले पराजित गकेको छ ।
यस नतिजा संगै जापान ४ अंक संगै समूहको शिर्ष स्थानमा छ भने सााम अंक सहित कतार दोस्रो स्थानमा रहेको छ।
नेपाल र मंगोलिया अंकविहीन छन्।
अब नेपालले अन्तिम खेल मंगोलियासंग २७ अक्टोबर बेलुका ८ः३० बजे खेल्नेछ।
हरेक समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा सिधैं स्थान बनाउने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |