← समाचारमा फर्कनुस्
नेपालमाथि इरानको जित

दोस्रो हाफमा दस मिनेटको अन्तरमा गरेको तीन गोलको मदतले इरानले त्रिदेशीय कपमा शुक्रबार नेपाललाई ३–० ले पराजित गरेको छ । भारतको सिलोङको जवाहरलाल नेहरु स्टेडियमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो ।
तर दोस्रो हाफ सुरु हुने वित्तिकै इरानले तेर्साएको चुनौतीसामु नेपाल टिक्न सकेन् । सारा डिडारले ४९ औं मिनेटमा इरानका लागि पहिलो गोल गरिन् । उनले नै ५२ औं मिनेटमा दोस्रो गोल पनि थपिन् । सबनमले ५९ औं मिनेटमा तेस्रो गोल गरिन् ।
यसअघि इरानले भारतमाथि पनि २–० को जित रचेको थियो । अब नेपालले सोमबार भारतको सामना गर्नेछ । नेपालले इरानको सामना गरेको यो दोस्रो पल्ट हो । त्यस अगाडि सन् २०१९ मा नेपालले भारतको भुवनेश्वरमा भएको वुमेन्स गोल्डकपमा ३–० ले नै पराजित गरेको थियो ।
यस जितसँगै इरानले उपाधि पनि जितेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |