← समाचारमा फर्कनुस्
Football May 16, 2025 · Swadesh

नेपाल बंगलादेशसँग पराजित

नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ। १० वर्षपछि साफ यु–१९ च्याम्पियनसिपको फाइनलमा पुग्ने लक्ष्य बोकेर भारत पुगेको नेपाली टोलीको यात्रामा बंगलादेश बाधक बनेको छ।

भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा शुक्रबार सम्पन्न सेमिफाइनलमा बंगलादेशसँग नेपाल २–१ ले पराजित भएको हो। योसँगै बंगलादेशले पहिलोपल्ट यो उमेर समूहमा फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ। नेपाल भने अन्तिम चारबाटै घर फर्किने छ।

बंगलादेशलाई जित दिलाउन आशहिकुर रहमान र कप्तान नजमुल हुडाले गोल गरे।

७२औं मिनेटमा हुडाको कर्नर बललाई अनमार्क रहेका रहमानले हेडरमार्फत सहजै गोल गरे। ८०औं मिनेटमा हुडाले अर्को गोल गर्दै अग्रता २–० मा पुर्‍याए। मोहम्मद मनिकले नेपालका डिफेन्डर मदन पौडेल र प्रशान्त मोक्तानलाई छक्याउँद दिएको बललाई उनले सहजै गोलमा परिणत गरे।

८७औं मिनेटमा सुजनले गोल गर्दै अग्रता २–१ मा ल्याए। सविनकुमार लुंगेलीको क्रसलाई उनले गोलमा परिणत गरेका हुन्। जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →