← समाचारमा फर्कनुस्
Football Oct 14, 2025 · Swadesh

नेपालको लगातार चौथो हार

नेपालको लगातार चौथो हार

नेपालले मंगलबार एसियाकप छनोटको तेस्रो चरणमा लगातार चौथो हार बेहोरेको छ । नेपाल हो चि मिनको थोङ न्हाट स्टेडियममा भएको खेलमा भियतनामको हातबाट १–० ले पराजित रह्यो । चार खेलबाट शून्य अंकसहित नेपाल समूह ‘एफ’ को चार टिममध्ये पुछारमा छ । खेलको एक मात्र गोल भने आत्मघाती रह्यो र यो सुमन श्रेष्ठको नाममाा रह्यो ।


उनले खेलको पाँचौं मिनेटमा बललाई आफ्नै पोस्ट दिशा दिएका हुन् । यो हारले छनोटमा नेपालको चुनौती समाप्त भएको छ । यसअघि नेपाल भियतनामविरुद्ध पछिल्लो साता भएको खेलमा ३–१ ले पराजित भएको थियो । दशरथ रंगशाला फिफा र एएफसीका खेलका लागि अयोग्य भएपछि नेपालले आफ्नो घरमा खेल्नु पर्ने खेल भियतनाममा खेलेको हो ।


यही समूहको अर्को खेलमा मलेसियाले लाओसलाई ५–१ ले हरायो । मलेसियाको भने यो लगातार चौथो जित हो र टिम १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । त्यसपछि भियतनाम नौ अंकमा दोस्रो स्थानमा छ । लाओस तीन अंकमा तेस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →