← समाचारमा फर्कनुस्
Football Jul 13, 2025 · Swadesh

अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित

अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल पराजित

काठमाडौं। अन्तिम समयमा सम्हालिन् नसक्दा नेपाल बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग पराजित भएको छ।

आइतबार ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-३ ले पराजित गरेकाे हाे।

पहिलो हाफमा दुई गोलले पछाडि परेको नेपालले निर्धारित ९० मिनेटमा २–२ को बराबरी गरेकाे थियो। तर, इन्जुरी समयमा नेपाल सम्हालिन सकेन। 

बंगलादेशको जितमा सिन्हा जहान शिखा, मोसम्मत सागोरिका र श्री मोती तृष्णा रानीले गोल गरिन्। नेपालका लागि अनिशा राई र मीना देउवाले गोल गरिन्।

बंगलादेशले खेलको १३औं मिनेटमा अग्रता लियो। खेलको ५६औं मिनेटमा दुबै टोली १० खेलाडीमा समेटियो। नेपाली रक्षक सिम्रन राई र बंगलादेशी गोलकर्ता मोसम्मत सागोरिका एकअर्कासँग जुधेपछि दुबैलाई रेफ्री याङ्खे छिरिङले सोझै रातो कार्ड देखाइन्।

७७औं मिनेटमा नेपालले अनिशा राईको पेनाल्टी गोलमार्फत खेलमा फर्किने संकेत दियो। 

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा नेपालले बराबरी गोल गर्यो। तर, इन्जुरी समयको अन्तिम सेकेन्ड्समा उम्हेला माल्माको गतिलाई नेपाली रक्षक माया मास्केले रोक्न सकिनन्। बेन्चबाट मैदान प्रवेश गरेकी उम्हेलाले राइट साइडबाट श्री मोती तृष्णा रानीलाई पास दिइन्। नेपाली रक्षकद्धय सरीता नाथ र अनिशा राईको बिचमा रहेकी श्री मोतीले वान टचमा सुजतालाई बिट गरिन्।

जितसँगै बंगलादेशले उपाधि सम्भावनालाई बलियो बनाएको छ। बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९–१ ले पाखा लगाएको थियो। यो जितले बंगलादेशले स्पष्ट ६ अंक जोडेको छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेकाे थियो।

चार राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा डबल राउन्ड रोविन प्रतिस्पर्धापछि समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →