भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । महिला साफ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली नेपालले भारतलाई पराजित गर्दै फीइनसमा प्रवेश गरेको छ। नेपालले भारतलाई पेनाल्चीमा ४-२ गोलले पराजित गरेको हो ।
निर्धारीत ९० मिनेटको खेलमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो।
खेलको ५० औं मिनेटमा रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड वापत रातो कार्ड देखाएकी थिइन् । रातो कार्ड देखाएकोले दर्शकहरूले मैदानमा बोटल फालेपछि खेल अवरूद्ध भएको थियो। खेल सुरूभएको केहि समयमा भारतका लागि संगिता बासफोरले गोल गरेको थियो। भारतका खेलाडीहरू गोल सेलिब्रेसन गर्दै गर्दा रेफ्रिले खेल सुरू भएको संकेट दिएपछि नेपालले गोल गरेको थियो र उक्त गोल रेफ्रीले मान्यता नदिएपछि पुनः खेल अवरूद्ध भएको थियो ।
लामो समय पछि पुनः खेल सुरू भएको थियो। खेल सुरू भएको केहि समयमा साम्बाले गोल गर्दै एक एकको बराबरीमा ल्याए।
त्यस पछि कुनै पनि गोल नहुदा पेनाल्टीमा प्रवेश गरेको थियो।
नेपालका लागि साम्बा, गीता राना, सविता र अमिषा कार्कीले गोल गरेको थियो ।
भारतका मनिषा र पुरुषोत्तम शिरोभ्करले गोल गरेको थियो।
कप्तान आशालता देवीले प्रहार गरेको पोस्टमा लागेर बाहिरिए भने रन्जना चानुको पेनाल्टीलाई अन्जनाले रोकिन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |