TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Cricket Jul 14, 2026 · Swadesh

समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

काठमाडौं। हङकङलाई १८१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल मलेसियामा जारी एसीसी यू–१९ महिला प्रिमियर कपको समूह ‘डी’ विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

लगातार तेस्रो जित निकालेको नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो।

नेपालका लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रन बनाइन्। सावित्री धामीले ५२ रन जोडिन् भने अलिशा यादव २३ रनमा अविजित रहिन्।

२१२ रनको लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै ३० रनमा सीमित भयो।

नेपालका लागि कप्तान सोनी पाख्रिनले चार विकेट लिइन् भने मनिषा उपाध्यायले दुई विकेट हात पारिन्।

नेपालले यसअघि पहिलो खेलमा कतारलाई १०५ रनले तथा दोस्रो खेलमा सिंगापुरलाई १५१ रनले पराजित गरेको थियो। लगातार तीन जितसँगै नेपाल समूह ‘डी’ को विजेता बन्दै अन्तिम आठमा पुगेको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group H
1 Spain 3 7
2 Cape Verde Islands 3 3
3 Uruguay 3 2
4 Saudi Arabia 3 2
सबै समूह →