← समाचारमा फर्कनुस्
एसियन कप : नेपाल समूह 'एफ' मा

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप २०२६ छनोटको समूह ‘एफ’ मा परेको छ। छनोट खेलहरु २३ जुनदेखि सुरु हुनेछ।
एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।
यो समूहका खेल उज्वेकिस्तानमा हुनेछ।
यसैगरी समूह ‘ए’ मा इरान, जोर्डन, लेबनान, सिंगापुर र भुटान तथा समूह ‘बी’ मा थाइल्यान्ड, भारत, मंगोलिया, टिमोर लिस्टे र इराक छन्।
यता समूह ‘सी’ मा बहराइन, म्यानमार, बंगलादेश, तुर्केमिनेस्तान तथा समूह ‘डी’ मा चाइनिज ताइपेइ, इन्डोनेसिया, किर्गिस्तान र पाकितान परेका छन्।
समूह ‘इ’ मा भियतनाम, गुआम, युएई र माल्दिभ्स रहँदा समूह ‘जी’ मा फिलिपिन्स, हङकङ, कम्बोडिया, साउदी अरेबिया छन्। यस्तै समूह ‘ए’ मा मलेसिया, प्यालेस्टाइन, उत्तर कोरिया र ताजकिस्तान छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |