← समाचारमा फर्कनुस्
Football Nov 10, 2025 · Swadesh

नेपाली फुटबल टोलीको विदाई

नेपाली फुटबल टोलीको विदाई

काठमाडौं। बंगलादेशसँगको मैत्रीपूर्ण तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीलाई विदाई गरिएको छ।  


एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरुले नेपाली टोलीलाई विदाई गरेका हुन्।


विदाई कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले एएफसी एसियन कप छनोटअघि बंगलादेशसँग हुने मैत्रीपूर्ण खेल खेलाडीको फिटनेसका लागि महत्वपूर्ण हुने बताए। छोटो समयको बन्द प्रशिक्षण भएपनि दुवै खेलमा राम्रो नजिता आउने उनले विश्वास व्यक्त गरे।


त्यस्तै ए डिभिजन लिगको माग गर्दै राष्ट्रिय खेलाडीहरु विरोधमा उत्रनुपर्ने अवस्था नेपाली फुटबलका लागि उचित नभएकाले सरोकारवाला सवैले यसमा ध्यान दिनुपर्ने धारणासमेत राखेका थिए।


नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछि नोभेम्बर १८ मा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →