← समाचारमा फर्कनुस्
Football Aug 06, 2025 · Swadesh

सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीम रोकियो

सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीम रोकियो

काठमाडौं। एएफसी महिला यु–२० एसियन कप छनोट अन्तर्गत आफ्नाे पहिलाे खेलमा घरेलु टोली भुटानसँग नेपाल बराबरीमा राेकिएकाे छ।


थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो। 


खेलको ४० सेकेन्डमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। सुक्रिया मियाको लामो क्रसलाई रोक्न भुटानी गोलकिपर अगाडि बढेकी थिइन्। तर, उनी चुक्दा सेनुले सहजै गोल गरिन्। यो प्रतियोगिताकै सबैभन्दा कम समयमा भएको गोल हो।


तर, १८औं मिनेटमा भुटान खेलमा फर्कियो। नाम्सेल वाङजोमको क्रसमा पेनाल्टी बक्सनजिकै नेपाली डिफेन्डरलाई बिट गर्दै केल्जेङले प्रहार गरेको बल खाली पोस्टमा गोल भयो। उनले उक्त बल प्रहार गर्नुअगाडि नै नेपाली गोलकिपर लिला जोशी आफ्नो क्षेत्रबाट निकै पर आइसकेकी थिइन्।


त्यसपछि बाँकी समय थप गाेल हुन नसकेपछि नेपाल अंक बाँड्न बाध्य भएकाे हाे।


नेपालले बंगलादेशको राजधानी ढाकामा गत महिना मात्रै सम्पन्न साफ महिला यु–२० च्याम्पियनसिपका दुई खेलमा ६–१ र ८–० को फराकिलो जित हात पारेकाे थियाे। नेपाल त्यही नतिजा दोहोर्‍याउन चाहन्थ्यो। तर, निकै फितलो खेल पस्किएको नेपाल १–१ को बराबरीमा रोकिएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →