← समाचारमा फर्कनुस्
Football Nov 13, 2025 · Swadesh

बंगलादेशसँग नेपालको बराबरी

बंगलादेशसँग नेपालको बराबरी

नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेललाई बिहीबार २–२ को बराबरीमा रोकेको छ । अनन्त तामाङले दोस्रो हाफको इन्ज्युरी समयमा उत्कृष्ट बराबरी गोल गरे । त्यस अगाडि इंग्ल्यान्डको लेस्टर सिटीका खेल्ने हाम्जा चौधरीले दोस्रो हाफमा दुई गोल गरेपछि बंगलादेश अगाडि रहेको थियो ।


नेपालले रोहित चन्दको गोलले २९ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि यो रोहितका दोस्रो व्यक्तिगत गोल मात्रै हो । हाम्जाले दोस्रो हाफ सुरु हुने वित्तिकै चार मिनेटको अन्तरमा दुई गोल गरे । उनले ४६ औं मिनेटमा ‘ओभर हेड बाइसाइकल किक’ को मदतले सुन्दर र उच्च दर्जाको गोल गरे ।


हाम्जाले ५० औं मिनेटमा पेनल्टीबाट दोस्रो गोल थपे । रोहितले यसअघि सन् २०२४ मा अफगानिस्तानविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पहिलो गोल गरेका थिए । यस खेलबाट हरि खड्काले प्रशिक्षकका रूपमा नेपालका लागि डेब्यु गरेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →