← समाचारमा फर्कनुस्
Football Nov 20, 2025 · Swadesh

फिफा वरीयतामा नेपाल दुई स्थान तल झर्यो

फिफा वरीयतामा नेपाल दुई स्थान तल झर्यो

नेपाल फिफा वरीयतामा दुई स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार राती जारी गरेको वरीयताअनुसार नेपाल दुई स्थान तल ८२ औं स्थानमा झरेको हो । नेपाल यसअघि १८० औं स्थानमा थियो ।


नेपालले हालै मात्र मलेशियामा एएफसी एशिया कप छनोटअन्तर्गत खेलमा मलेशियामासॅंग १–० गोलले पराजितको भएको थियो । यस अघि बंगलादेश संगको मैत्रिपुर्ण खेलमा २-२ गोलको बराबरी खेलेको थियो। नेपालको एएफसी एशिया कप छनोट यात्रा एक खेल बाकी रहदासम्म अंक विहिन रहेको छ । 


नेपालले पहिलो लेगमा मलेशिया सॅंग २-०, लाओससॅंग २-१, भियतनामसॅंग ३-१ गोलले पराजित भएको थियो। त्यस्तै दोस्रो लेगमा भियतनामसॅंग १-० मलेशिया सॅंग १-० गोलले पराजित भएको थियो। अब अन्तिम खेल लाओससॅंग रहेको छ। 


दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारतको वरीयता खस्किएको छ । भारत १४२औं स्थानमा झरेको छ । बंगलादेशले भने नेपाललाई पछि पार्दै १८० औं स्थानमा उक्लेकोछ।  माल्दिभ्स १८३ यथावत, भुटान १८९, पाकिस्तान १९९ र श्रीलंका १९४ स्थानमा छ ।


यस्तै विश्व वरीयतामा स्पेन शीर्ष, अर्जेन्टिना दोस्रो फ्रान्स तेस्रो र इगंल्याण्ड चौथौं स्थानमा यथावत रहेको छ ।

यस्तै ब्राजिल पांचौ स्थानमा उक्लिएको छ । पोर्चुगल छठौं र  नेदरल्यान्ड्स सातौं झरेकोछ। बेलजियम आठौं स्थानमा यथावत छ । जर्मनी नौवौ र क्रोयसिया दशौं स्थानमा उक्लिंएको छ।

 

यस्तै एशिया महादेशमा जापान १८ औं र इरान २०औं स्थान दुबै एक स्थान माथि उक्लिंएको छ। दक्षिण कोरिया २१ औं आठौं स्थानमा यथावत छ। अष्ट्रेलिया २५ बाट २६ औं स्थानमा झरेको छ। उज्बेकिस्तान ५० औं ( पांच स्थान माथि) , कतार ५१औं (एक स्थान माथि) उक्लिंएको छ। इराक ५८औं , साउदी ६० औं स्थानमा झरेको छ भने जोर्डन ६६ औं र युएई ६७ औं स्थानमा यथावत छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →