← समाचारमा फर्कनुस्
Football Jul 29, 2025 · Swadesh

नेपालमा अहिलेसम्मकै ठूला टेबल टेनिस प्रतियोगिता

नेपालमा अहिलेसम्मकै ठूला टेबल टेनिस प्रतियोगिता

एउटा प्रश्न नेपालमा अहिलेसम्म भएको विश्व टेबल टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता कुन हुन सक्छ ? त्यसकै एउटा उत्तर रहनेछ, विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा यो प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहने छ ।

भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुने छन् । नेपाल, श्रीलंलका, बंगलादेश र माल्दिभ्सलबाट समान ८–८ खेलाडीले भाग लिने छन् ।गत वर्ष नेपालमै ओलम्पिकको दक्षिण एसियाली छनोट भएको थियो । अब पालो, विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोटको । यिनै दुई प्रतियोगिता हुन्, जसलाई नेपालमा आयोजना हुने अथवा भएका सबैभन्दा ठूला टेबल टेनिसका प्रतियोगिता मान्न सकिनेछ ।

ओलम्पिक छनोटको आयोजना पनि आफैमा ऐतिहासिक रहेको थियो । यसपल्ट भने नेपालबाट समान ४–४ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहालले खेल्ने छन् । महिलामा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल रहेका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा मोहनदास बासुकला तथा प्रशिक्षकमा सन्जिवकुमार ढुंगोल र सन्ध्या शाक्य रहेका छन् ।

राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा पहिलो हुने पुरुष/महिला टोलीले विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट हुने छन् । विश्व टिम टेबलटेनिस च्याम्पियनसिप इङल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुनेछ । यदि छनोटमा पहिलो हुने राष्ट्र भारतको उडिसामा अक्टोबर ११ देखि १५ तारिखसम्म हुने एसियन टिम टेबलटेनिस च्याम्पियनसिपमा शीर्ष १२ स्थानमा रहेमा अहिलेको छनोटमा दोश्रो हुनेले पनि इङल्यान्ड यात्राको अवसर पाउने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →