← समाचारमा फर्कनुस्
Football Oct 27, 2025 · Swadesh

भारतमाथि नेपालको शानदार जित

भारतमाथि नेपालको शानदार जित

सावित्रा भण्डारीको दुई गोलको मदतले नेपालले थ्री नेसन्सकपमा सोमबार भारतमाथि २–१ को शानदार जित रचेको छ । यससँगै नेपाली राष्ट्रिय महिला टिमले इरान पनि सम्मिलित प्रतियोगिताबाट सुखद अन्त्य लिएको छ । नेपालको दुई खेलबाट तीन अंक भएको छ भने भारत भने शून्य अंकमै रह्यो ।


इरानले उपाधिका लागि भारत र नेपालविरुद्धको दुवै खेल जितेको थियो । सिलोङको जवाहरलाल नेहरु स्टेडियममा सावित्राले दोस्रो मिनेटमा पहिलो गोल गरिन् । दीपा शाहीको लामो पासमा उनले गोलको खाता खोलेकी हुन् । उनले ६२ औं मिनेटमा फ्रि–किकबाट उत्कृष्ट दोस्रो गोल गरिन् ।


यससँगै भारतविरुद्ध साविक्राको व्यत्तिगत गोल संख्या १० पुगेको छ । नेपालका लागि ५९ खेलमा उनले गरेको गोल संख्या ६८ पुगेको छ । भारतका लागि करिष्मा पुरुषोत्तमले ८२ औं मिनेटमा एक गोल फर्काइन् । भारतले सन् २०१९ यता नेपाललाई हराउन सकेको छैन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →