← समाचारमा फर्कनुस्
Football Oct 30, 2024 · Swadesh

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा आज नेपाल र बंगलादेश भिड्दै छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार (आज) साँझ ६ः३० बजे हुनेछ।

यस्तै एन्फाले हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ।

कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि एन्फाले सुरक्षामा विशेष ध्यान दिने बताएको हो।

एन्फाले आज हुने फाइनल खेल गर्न जाने दर्शकले रंगशालाभित्र कुनै पनि प्रकारका धारिला हातहतियार, चुरोट, लाइटर, सलाइ, मदिरा र अन्य नशालु पदार्थ, ठूला ब्याग तथा हेल्मेट लान निषेध गरेको जानकारी दिएको छ।

त्यस्तै अनुमति बिना ब्यानर, झण्डा, पोस्टर, पानीको बोतल, क्यान, पत्थर र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्याइन, कुनै पनि प्रकारका लागुऔषध, छाता, लिबिस्टिक, नेल कटर, कैँची, काइयोलगायतका सामग्री रङ्गशालाभित्र लान निषेध गरिएको एन्फाले जनाएको छ।

एन्फाले फाइनल खेलको टिकट बिक्रि आफै गर्ने भएको छ। सेमिफाइनल खेलमा टिकट बिक्रिको अधिकार पाएको माउण्ट एभरेष्ट स्पोर्टस एण्ड इभेन्ट्स प्रालिले क्षमता भन्दा बढी टिकट बिक्रि गरेको पाइएपछि सम्झौता रद्द गरेको छ।

एन्फाले फाइनल खेलको लागि जम्मा ११ हजार टिकट बिक्री गरिनेछ जानकारी दिएको छ, जसमध्ये १० हजार साधारण पारापिटतर्फ र १००० भिआइपी पारापिट तर्फको टिकट रहने जनाएको छ। 

खेलको टिकटहरू जावलाखेल स्थित जावलाखेल फुटबल खेलमैदान र भद्रकाली स्थित नेपाल आर्मीको गेटमा रहेको काउन्टरबाट बिक्री गरिने र टिकटहरू कुनै पनि अनलाइन माध्यमबाट बिक्री नगरिने एन्फाले जनाएको छ। 

एक व्यक्तिलाई अधिकतम दुई भिआइपी र पाँच साधारण टिकट बिक्री गरिने जानकारी दिदै एन्फाले यसअघि अनलाइन माध्यमबाट किनिएका भिआइपी टिकटको रकम फिर्ता गरिनेछ भने साधारण टिकटलाई भने यथावत रूपमा कायम गरिने जानकारी दिएको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →