← समाचारमा फर्कनुस्
Football Jul 11, 2025 · Swadesh

नेपालले भुटानको सामना गर्दै

नेपालले भुटानको सामना गर्दै

काठमाडौं। साफ यु–२० महिला च्याम्पियनसिपमा साबिकको उपविजेता नेपालले शुक्रबार भुटानसँग खेल्दै छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा यो खेल नेपाली समयअनुसार ६स्१५ बजेबाट सुरु हुनेछ।

उमेरसमूहमा नेपाल र भुटान दोस्रोपल्ट आमुन्नेसामुन्ने हुन लागेका हुन्। दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जित हासिल गरेको थियो।

उक्त खेलमा नेपाललाई जित दलिाउन अमिषा कार्कीले ह्याट्रिक गरेकी थिइन्। एक गोल भने कप्तान प्रीति राईले थपेकी थिइन्।

अहिले यी दुवै खेलाडी सिनियर टोलीमा छन्। तर, उक्त खेल खेलेका लिला जोशीलगायत केही खेलाडी अझै नेपाली टोलीमा छन्। 

अहिलेसम्म नेपालले महिलातर्फको उमेर समूहमा (यु–१६ मैत्रीपूर्णबाहेक) भुटानसँग हार बेहोर्न परेको छैन।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →