← समाचारमा फर्कनुस्
Cricket Aug 25, 2026 · Swadesh

नेपाल यू-१९ महिला क्रिकेट टोलीको घोषणा, एसिया कप र विश्वकपमा सहभागिता

नेपाल यू-१९ महिला क्रिकेट टोलीको घोषणा, एसिया कप र विश्वकपमा सहभागिता

काठमाडौं — नेपाल क्रिकेट संघ (क्यान) ले आगामी एसिया कप तथा सन् २०२६/२७ मा हुने आईसीसी यू-१९ महिला विश्वकपमा सहभागी हुने नेपाली यू-१९ महिला राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरेको छ।

क्यानका सचिव पारस खड्काद्वारा आज (मिति २०८३/०५/०९) जारी प्रेस विज्ञप्तिमा २८ सदस्यीय प्रारम्भिक टोलीको नामावली प्रकाशित गरिएको हो। सोनी पाख्रिनलाई टोलीको कप्तान नियुक्त गरिएको छ।

प्रारम्भिक टोलीमा रहेका खेलाडीहरूको नामावली यसप्रकार छ:

सोनी पाख्रिन (कप्तान), प्रथा श्रेष्ठ, रचना चौधरी, चन्द्र माया बराल, कुसुम गोदार, रञ्जना साउद, ज्योतिका मरासिनी, तिसना विश्वकर्मा, रिया शर्मा, प्रिन्सा राना मगर, टिका साह, पूर्णिमा राजवंशी, अन्जिला पाठक, आशना चौधरी, सुप्रिया बुढा मगर, प्रितमा साह, साक्षी यादव, आरती महतो, सावित्री धामी, मनीषा चौधरी, जयन्ती भण्डारी, आशिका कुमारी महरा, अन्जु पाकी, सोनाम जोशी, अनु कडायत, मनीषा कुमारी उपाध्याय, सना प्रवीण, र अलिसा कुमारी यादव।

यो प्रारम्भिक टोलीले आगामी दिनहरूमा तयारी तथा अभ्यास शिविरमा सहभागी जनाउनेछ। क्यानले आगामी प्रतियोगिताहरूको तयारीलाई ध्यानमा राख्दै उत्कृष्ट प्रतिभाहरूलाई अवसर प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →