← समाचारमा फर्कनुस्
Football Jun 02, 2025 · Swadesh

नेपाली र थाइल्यान्ड आज मैत्रीपूर्ण खेल खेल्दै

नेपाली र थाइल्यान्ड आज मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डसंग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ ।  

नेपाली समय अनुसार साँझ ४ः४५ मा सुरु हुने यस खेल थाइल्यान्डको पथुम थानीस्थित थम्मासत रंगशालामा हुदैछ ।

नेपालले गत शुक्रबार थाइल्यान्डसँग बन्द रंगशालामा एक खेल खेलेको थियो उक्त खेलमा नेपालले १-० गोलले पराजित भएको थियो । नेपालले पहिलो पटक थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली महिला फुटबल टिमले यही जुन २९ देखि उज्वेकिस्तानमा हुने महिला एसियन कप छनोटको तयारीस्वरुप थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

एएफसी एसिया कप छनोटको समूह ‘एफ’मा रहेको छ। यस समूहमा नेपालसंगै लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →