← समाचारमा फर्कनुस्
Football Nov 13, 2024 · Swadesh

नेपाल र ताजकिस्तान भिड्दै

नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज (बुधबार) ताजकिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ।

ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल नेपालीसमय अनुसार साँझ ६स्४५ बजेबाट सुरु हुने छ। नेपालले नोभेम्ब १६ मा अफगानिस्तानविरुद्ध पनि मैत्रीपूर्ण खेल खेल्ने छ।

फिफा वरियताको १०५औँ स्थानमा रहेको ताजकिस्तानसँग नेपालले यसअघि दुई खेल खेलेको छ। २०१७ मा एएफसी एशियन कप छनौटमा खेलेको दुवै खेलमा नेपाल पराजित भएको थियो।

यता, १५१औं स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा ३ खेलमा जीत हासिल गरेको छ भने २ बराबरी र एक खेलमा हार बेहोरेको छ। २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक खेल्दै छ।

यस मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टिम 

गोलकिपर : किरण कुमार लिम्बु ९सी०, दीप कार्की, विशाल सुनार ।

डिफेन्डर :अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन ।

मिडफिल्डर :रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ ।

फरवार्ड : जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →