नेपाल र श्रीलंका आज खेल्दै

नेपालले आज एएफसी एशियन कप छनोटको दोस्रो खेल श्रीलंकासंग खेल्दै छ। खेल नेपाली समय अनुसार सांझ ६ः१४ बजे उज्बेकिस्तानको बनयोडकर रंगशालामा हुनेछन्।
नेपालले पहिलो खेलमा लाओसलाई ९-० गोलले पराजित गरेको थियो। यता श्रीलंका भने आयोजक टोली उज्बेकिस्तानसंग १०-० गोलले पराजि भएको थियो।
नेपाल र श्रीलंका बिच अहिले सम्मको नतिजामा नेपाल नै हाबी भईरहेको छ । अहिले सम्म श्रीलंकासंग नेपाल पराजित भएको छैन।
यसैगरी आज नै समूह एफ को दोस्रो खेल उज्बेकिस्तान र लाओस बिच हुदै छ।
बेल्जियमका प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको नेपाल टोलीको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंकासँग रहेकोछ। समूह विजेता मात्र अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने अन्तिम प्रतियोगिताको लागि छनोट हुनेछ।
नेपालको तेस्रो खेल आयोजक उज्बेकिस्तानसंग जुलाई ५ २०२५, शनिबार हुनेछ।
नेपाल यसअघि तीन पटक एसियाली कपको लागि छनोट भइसकेको छ, तर समूह चरणबाटै बाहिरिएको थियो।
एसियन कप छनोटका लागि नेपाली टोली
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर
डिफेन्डरः गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी, रेखा पौडेल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |