← समाचारमा फर्कनुस्
साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

काठमाडौं। बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आज मंगलबार श्रीलंकाकाे सामना गर्दैछ।
यो खेल नेपाली समयअनुसार साझँ ६–४५ बजेबाट सुरु हुनेछ।
ढाकाको बसुन्धरा किङ्स एरिनामा गत शुक्रबार बंगलादेशविरुद्धको नतिजाले उपाधिको यात्रा कठिन बनेको नेपाललाई यो खेलमा फराकिलो नतिजा आवश्यक रहेका छ।
उक्त खेलमा नेपाल अन्तिम सेकेन्डसम्म बराबरीमा रहेर पनि हार बेहोरेको थियाे।
बंगलादेशसँग ९–० र भुटानसँग ५–० को हार बेहोरेको श्रीलंकाली टोली प्रतियोगिताको सबैभन्दा कमजोर टिमको रुपमा चिनिन्छ। यही कारण नेपालका लागि यो खेल जित निकाल्ने मात्रै होइन, गोल वर्षाउने अवसर पनि हुनेछ।
यो गोलअन्तर नै अन्तिम चरणमा निर्णायक बन्न सक्छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |