← समाचारमा फर्कनुस्
नेपाल र कतार खेल्दै

एफसी यु–१७ एसियन कप छनोट अन्तर्गत नेपालले समूह चरणको दोस्रो खेलमा आज कतारसँग खेल्दै छ।
खेल कतारको दोहास्थित एस्पायर एकेडेमीमा नेपाली समयअनुसार साँझ ८:३० बजे हुनेछ।
नेपालले समूहचरणको पहिलो खेलमा साबिक विजेता जापानसँग ९–२ गोलले हार बेहोरेकोको थियो। घरेलु टोली कतारले मंगोलियालाई २–० को जित निकालेको थियो।
यसै समूहका मंगोलिया र जापानको खेल आज राती १०ः३० मा रहेको छ।
यस समूह एफमा जापान तीन अंकसहित अंक तालिकाको पहिलो स्थानमा छ। कतार समान अंकसहित दोस्रो स्थानमा रहँदा मंगोलिया र नेपाल अंकविहीन छन्।
हरेक समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा सिधैं स्थान बनाउने छन्। समूहको उपविजेताको पनि सम्भावना कायम रहने छ। त्यसैले नेपाललाई अबका खेलमा शतप्रतिशत जितको खाँचो रहने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |