नेपाल र लाओस खेल्दै

नेपालले आज एएफसी एशियन कप छनोटको पहिलो खेल लाओससंग खेल्दै छ। खेल नेपाली समय अनुसार सांझ ६ः१४ बजे उज्बेकिस्तानको बनयोडकर रंगशालामा हुनेछन्। नेपालले आज लाओससंग आफ्नो १०० औं अन्तराष्ट्रिय खेल खेल्दै छ।
बेल्जियमका प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको नेपाल टोलीको समूहमा उज्बेकिस्तान, लाओस र श्रीलंकासँग रहेकोछ। समूह विजेता मात्र अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने अन्तिम प्रतियोगिताको लागि छनोट हुनेछ।
नेपाल विरूद्ध श्रीलंका जुलाई २ २०२५ बुधबार
नेपाल विरूद्ध उज्बेकिस्तान जुलाई ५ २०२५, शनिबार
नेपाल यसअघि तीन पटक एसियाली कपको लागि छनोट भइसकेको छ, तर समूह चरणबाटै बाहिरिएको थियो।
एसियन कप छनोटका लागि नेपाली टोली
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, उषा नाथ, अञ्जना राना मगर
डिफेन्डरः गीता राणा, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी, अनिता केसी, रेखा पौडेल
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |