← समाचारमा फर्कनुस्
नेपाल र इन्डोनेसिया भिड्दै

काठमाडौँ। त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टिम आज इन्डोनेसियाविरुद्ध खोल्दैछ। खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ।
यसपटक नेपाललाई आक्रमणमा चुनौती हुने देखिन्छ, किनकि नियमित कप्तान तथा गोल मेसिन सावित्रा भण्डारी ‘साम्बा’ र सविता रानामगर दुवै चोटका कारण मैदानमा हुने छैनन्। सविता टिमसँगै इन्डोनेसिया पुगे पनि आजको खेलमा नखेल्ने निश्चित भएको छ।
फिफा वरीयतामा नेपाल हाल ८७औँ स्थानमा, जबकि इन्डोनेसियाको महिला टिम १०६औँ स्थानमा छ।
कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा नेपाली टोली इन्डोनेसिया पुगेको हो। नेपालले आगामी डिसेम्बर २ मा चाइनिज ताइपेईसँग पनि प्रतिस्पर्धा गर्ने तालिका छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |