← समाचारमा फर्कनुस्
Football Oct 29, 2025 · Swadesh

नेपाल र भारत भिड्दै

नेपाल र भारत भिड्दै

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बुधबार दाेस्राे मैत्रीपूर्ण खेलमा भारतको सामना गर्दैछ।


सिक्किमको पाल्जोर रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। यो खेलले फिफा अन्तर्राष्ट्रिय मान्यता भने पाएको छैन।


नेपाल र भारत दुई दिनको अन्तरमा दोस्रो पटक आमने सामने हुँदैछन्। यसअघि सोमबार सिलोङमा सम्पन्न त्रीदेशीय मैत्रीपूर्ण खेलमा कप्तान सावित्रा भण्डारीको दुई गोलमा नेपाल २-१ ले विजयी भएको थियो। बुधबारको खेलमा भने सावित्रा उपलब्ध हुने छैनन्।


उनी व्यावसायीक फुटबलका लागि अस्ट्रेलिया फर्किइसकेकी छन्। यसैगरी  मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिाल तुम्बापो सुब्बाले पनि आजको खेल गुमाउने भएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →