← समाचारमा फर्कनुस्
Football Sep 25, 2025 · Swadesh

साफ यू-१७ च्याम्पियनसिप : फाइनल प्रवेशको लागि नेपाल र भारत भिड्दै

साफ यू-१७ च्याम्पियनसिप : फाइनल प्रवेशको लागि नेपाल र भारत भिड्दै

काठमाडौँ। साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र भारत खेल्दै छन्।


श्रीलंकाकाे कोलोम्बोस्थित कोलोम्बो रेसकोर्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति ७:४५ बजेदेखि सुरु हुनेछ।


नेपाल समूह 'ए' काे उपविजेता तथा भारत समूह 'बी' काे विजेता बन्दै सेमिफाइलमा पुगेका हुन्। नेपालले समुह चरणमा खेलेका २ खेलमा एक खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने अर्को खेलमा बंगलादेशसँग ४-० ले हार बेहोरेको थियो।


त्यस्तै भारत भने समुह 'बी' मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो। भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६-० ले पराजित गरेको थियो भने भुटानलाई १-० ले र पाकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गरेको थियो।


त्यस्तै आजै पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान खेल्दैछन्। यो खेल नेपाली समयअनुसार दिउँसो ३ १५ बजेदेखि हुनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार हुने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →