← समाचारमा फर्कनुस्
पहिलो हाफ : भारतविरुद्ध नेपाल गोलविहिन

काठमाडौं । महिला साफ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली नेपालले भारतविरुद्ध पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ।
त्रिपुरेस्वस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुबै टोलीले कुनै गोल गर्न सकेनन्।
खेलमा दुबै टोलीले गोलको लागि केहि राम्रो अवसर सिर्जना गरेपनि गोल भने भएन।
नेपाल समूह 'बी' को विजेता तथा भारत समूह 'ए' को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन्।
यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको थियो। बंगलादेश लगातार दोस्रो पटक साफको फाइनलमा पुगेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |