← समाचारमा फर्कनुस्
Football Jun 05, 2025 · Swadesh

नेपाल र हङकङ आज खेल्दै

नेपाल र हङकङ आज खेल्दै

नेपालले आज हङकङसंग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे खेलमा हङकङ स्टेडियममा खेल्दैछ ।

नेपालले एएफसी एसियन कप छनोटको तयारी स्वरूप यस मैत्रीपूर्ण खेल्न लागेको हो। नेपालले यहि जुन १० तारीख लाओसविरुद्ध खेल्नेछ। 

नेपालले हङकङसंग यो पहिलो पटक अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो। सन १९८८ मा नेपालले हङकङसंग एएफसी एसियन कप खेलेको थियो। उक्त खेलमा ०–० को बराबरी मा खेल टुगिंएको थियो।

मुख्य प्रशिक्षक म्याट रसले खेलको अघिल्लो दिन पत्रकार सम्मेलनमा हङकङविरुद्ध जित हात पार्ने मनोबलका साथ नेपाली टोली मैदानमा उत्रने बताएका थिए । बुधबार हंगकंग स्टेडियममा आयोजित प्रि म्याच क्रन्फ्रेन्सका क्रममा मुख्य प्रशिक्षक रसले हङकङलाई नजिकबाट नियालेको बताए । हङकङ बलियो टोली भएको बताएका मुख्य प्रशिक्षक रसले हङकङलाई राम्ररी अध्ययन गरेको बताए । रातीको खेलमा हङकङको अवस्था राम्रो भएपनि आफूहरुले पछिल्लो करिब एक महिना कडा मेहनत गरेका उल्लेख गरे । उनले भने, “हामीले एशियन च्याम्पियन्सीप छनोटमा लाओसविरुद्धको खेल पूर्व यसप्रकारको मैत्रीपूर्ण म्याच खेल्नुले सकारात्मक उर्जा दिएको छ। हामीले यस मैत्रीपूर्ण खेलमा देखिने कमीकमजोरीलाई लाओसविरुद्ध सुधार्ने अवसर पाउनेछौ । यो सुखद पक्ष हो ।” हाइ अल्टिच्युडमा केही समय अभ्यास गरेको बताउँदै उनले टोली आगामी दुई खेलका लागि पूर्णरुपमा तयार रहेको प्रस्टाए । 

हङकङको उच्चस्तर खेल हुने बताएका मुख्यप्रशिक्षक रसले हंगकंगविरुद्ध आफूहरुले उत्कृष्ठ खेल प्रस्तुत गर्ने उल्लेख गरे । प्रि म्याच क्रन्फ्रेन्समा टोलीका कप्तान किरण चेम्जोंगले हङकङ संगको मैत्रीपूर्ण म्याच मात्र नभएर लाओसविरुद्धको खेलका लागि समेत उत्कृष्ठ अभ्यास गरेको बताए । उनले भने, “हामी विपक्षीलाई सम्मान गर्छौ। तरपनि पाहुनाका रुपमा हामी भोली हुने खेलका लागि तयारीमा रहेकाछौ ।” 

हङकङले यसै मैदानमा केहीदिन अघि इंग्लिग प्रिमियर लिग टोली म्यानचेष्टर युनाइटेडसंग ३ –१ गोल अन्तरले पराजित भएको थियो । हङकङको टोली फिफा वरियतामा १५३ औं स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →