← समाचारमा फर्कनुस्
Football Dec 22, 2024 · Swadesh

भुटानसँग बराबरीमा रोकियो नेपाल

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । यु–१९ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भुटानसँग बराबरीमा रोकियो छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल १–१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफ गोलरहितमा सकिएको थियो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै सुशिला केसीले नेपाललाई अग्रता दिलाइन्। 

खेलमा १–० गोलले पछि परेको भुटानका लागि फुन्ट्शो छोडेनले ८०औं मिनेटमा बराबरी गोल फर्काइन्। त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १–१ गोलको बराबरीमा सकियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →