← समाचारमा फर्कनुस्
साफ यू–१७ महिला च्याम्पियनसिपमा: नेपालले भुटानको सामना गर्दै

काठमाडौं। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले नेपालले आज आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार दिउँसो ५:४५ बजेदेखि शुरु हुदैछ ।
यसअघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटान आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएकाे थियाे ।
अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् । डबल राउण्ड-रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |