एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले भुटानको सामना गर्दै

काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनाेट आज बुधबारदेखि सुरु हुँदै छ।
नेपाल सहभागि भएकाे यस प्रतियाेगिता नेपालले आयोजक भुटानको सामना गर्ने छ। यो खेल आज नेपाली समयअनुसार ५: ४५ बजेदेखि सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानलबाट हुनेछ।
नेपालकै समुह ए अन्तर्गत उत्तर कोरिया र साउदी अरेबियाबीच पनि खेल हुने तालिका रहेको छ। यो खेल दिउँसो १:४५ बजेदेखि हुनेछ।
प्रतियोगिताको समूह 'ए' मा नेपाल भुटान साउदी अरेबिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता भुटानमा अगस्ट ६ देखि १० सम्म हुने तालिका रहेको छ। नेपालले दोस्रो खेल साउदी अरेबियासँग अगस्त ८ मा र तेस्रो खेल अगस्त १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ।
आठ समुहको शीर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनाेट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शीर्ष तीन देश पनि एसिया कपका लागि छनाेट हुने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |