← समाचारमा फर्कनुस्
Football Jul 19, 2025 · Swadesh

साफ यु २०- नेपालले भुटानसंग खेल्दै

साफ यु २०- नेपालले भुटानसंग खेल्दै

काठमाडौं। बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिप अन्तर्गत दोस्रो चरणको दोस्रोआज नेपालले भुटानसंग सामना गर्दैछ। ढाकाको बसुन्धरा स्पोर्ट्स मैदानमा हुने यस खेल नेपाली समयअनुसार दिउसोको २ः४५ बजेबाट सुरु हुनेछ।

 नेपालले पहिलो चरणको खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो। नेपालले पहिले चरणको दोस्रो खेलमा भने बंगलादेशसंग ३-२ गोलले पराजित हुनु परेको थियो। पहिलो चरणको अन्तिम खेलमा नेपालले 

श्रीलंकालाई ७-० गोलले पराजित गरेको थियो। त्यस्तै दोस्रो चरणको पहिलो खेलमा श्रीलंकालाई ७-० गलले नै पराजित गरेको थियो। 

नेपाललाई बंगलादेशविरुद्धको नतिजाले उपाधिको यात्रा कठिन बनेको छ। आजको यस खेलमा भुटानविरूद्ध फराकिलो जितको नतिजा आवश्यक र पर्सी हुने बंगलादेशलाई अनिवार्य रूपमी पराजित गर्नु पक्नेछ।


भुटानले पहिलो चरणको पहिलो खेल नेपालसंग १-६ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकामाथि ५-० गोलले जित हात पारेको थियो। यसरीनै तेस्रो खेलमा बंगलादेशसँग १-४ गोले पराजित भएको थियो। दोस्रो चरणको पहिलो खेल पनि बंगलादेशसँग रहेको थियो र खेल ०-३ गोल अन्तरले पराजि भएको थियो ।


हालसम्मको अंक तालिकामा बंगलादेश ४ खेलमा सतप्रतिशत जित निकाल्दै १२ अंक सहित पहिलो स्थानमा रहेको छ । नेपाल ४ खेलमा ३ जित १ हार सहित ९ अंक साथ दोस्रो स्थानमा रहेको छ । भुटान ४ खेलमा १ जित ३ हारमा ३ अंक सहित तेस्रो भने श्रीलंका अंक बिहिन रहि पुछारमा रहेको छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →