← समाचारमा फर्कनुस्
नेपाल भुटानसँग बराबरीमा रोकियो

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल भुटानसँग बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दिनको दोस्रो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो।
तुलनात्मक रुपमा भुटानविरुद्ध बल पोजिसनमा पकड जमाएको नेपालले गोल भने गर्न सकेन। नेपालले पहिलो र दोस्रो हाफमा गोलको लागि सुनौलो अवसर सिर्जना गरेपनि गोलविहिन बन्यो।
यो नतिजासँगै समूह 'बी' मा रहेको दुबै टोलीले पहिलो खेलबाट एक एक अंक बाँडेका छन्।
यसअघि आजै भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० ले हराउँदै श्रीलंकाले विजयी सुरुआत गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |