← समाचारमा फर्कनुस्
नेपाल र बंगलादेश खेल्दै

काठमाडौं। नेपालले घरेलु टोली बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ।
बिहिबार ढाकामा हुने खेल नेपाली समय अनुसार राति ७ः४५ बजेबाट सुरु हुनेछ।
नेपाल र बंगलादेश यसअघि भदाैमा दशरथ रंगशालामा खेलेका थिए। उक्त भेट् गाेलरहित बराबरीमा सकिएकाे थियाे। दुई खेल हुने तय भएपनि जेन्जी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो।
हरि खड्काको प्रशिक्षणमा रहेकाे नेपाली टिम बंगलादेशलाई उसैकाे मैदानमा हराउन चहान्छ। मुख्य म्याट रसले राजीनामा दिएपछि एन्फाले खड्कालाई प्रशिक्षक बनाएको हो।
यता बंगलादेश पनि घरेलु मैदानको फाइदा उठाउँदै नेपाललाई निसार बनाउने लक्ष्यमा छ। बंगलादेशले यस खेलमा भने हम्जा चौधरीलाई खेलाउँदै छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |