← समाचारमा फर्कनुस्
Football Apr 28, 2025 · Swadesh

एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

काठमाडौं। नेपाल एएफसी यु–२० महिला एसियन कप छनोटमा उत्तर कोरियासँगै समूह ‘ए’ मा परेको छ।

एसियाली फुटबल महासंघ ९एएफसी०को मलेसियास्थित क्वालालम्पुर हाउस सोमबार भएको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो। यो समूहमा यी दुई टोलीसँगै भुटान, मंगोलिया र साउदी अरब छन्। यो समूहको खेल भुटानमा हुनेछ। 

यो प्रतियोगिता सन् २०२१ सम्म एएफसी यु–१९ महिला एसियन कपको नाममा हुँदै आएको थियो। २०२२ देखि भने एएफसी यु–२० महिला एसियन कपमा गर्न लागिएको हो। 

अगस्ट २ देखि १० सम्म हुने छनोटमा २३ राष्ट्र सहभागी हुनेछन्। ‘ड्र’ मार्फत आठ समूह विभाजन गरिएको छ। सात समूहमा चाररचार टोली छन्। एक समूहमा भने पाँच टोली छन्। 

छनोट चरणका खेलहरू भुटान, चीन, लाओस, मलेसिया, म्यानमार, ताजिकिस्तान, उज्बेकिस्तान र भियतनाममा हुनेछ। हरेक समूहका विजेता अर्थात आठ टोली र तीन उत्कृष्ट टोलीले १ देखि १८ अप्रिल, २०२६ सम्म थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाउने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →