नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ । नेपालले आज (शनिबार) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अफगानिस्तानको सामना गर्दै छ।
ताजिकिस्तानस्थित डुशानबे सेन्ट्रल स्टेडियममा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ताजिकिस्तानसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
फिफा वरियता १५१औँ स्थानमा रहेको अफगानिस्तानसँग नेपालले अहिलेसम्म ६ खेल खेलेको छ। जसमा तीन खेलमा जित हासिल गरेको छ भने बराबरी तथा एक खेलमा हार बेहोरेको छ। २०१३ यता नेपालले अफगानिस्तानसँग पहिलो पटक खेल्दै छ।
नेपाली २३ सदस्यीय नेपाली टिम
किरण कुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल सुनार, अभिषेक लिम्बु, रोहित चन्द, चिरिङ लामा, विमल पाण्डे, सनिश श्रेष्ठ, अभिषेक वाइबा, रणदिप पौड्याल, अन्जल महर्जन, रोहन कार्की, मणि लामा, अरिक विष्ट, अरविन्द राई, भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुष घलान, सुमित श्रेष्ठ, जिलेस्पे जंग कार्की, अन्जन विष्ट, निरजन धामी ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |