← समाचारमा फर्कनुस्
श्रीलंकाको पोस्टमा नेपालको ८ गोल, सावित्राको ह्याट्रिक

काठमाडौं। नेपालले एएफसी महिला एसिया कप छनोटको दोस्रो खेलमा पनि फराकिलो जित हासिल गरेकोछ।
समूह ‘एफ’मा रहेको नेपालले उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा बुधबार सम्पन्न खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको हो।
नेपालको जितमा कप्तान सावित्रा भण्डारीले ह्याट्रिक पूरा गरिन्। गीता रानाले दुई तथा निशा थोकर, रेखा पौडेल र पुजा रानाले समान एक गोल गरे।
यसअघि पहिलो खेलमा लाओसलाई ९–० ले हराएको नेपाल यो जितसँगै हालका लागि अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
नेपालले समूह चरणको अन्तिम खेलमा आगामी शनिबार घरेलु टाेली उज्वेकिस्तानको सामना गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |