TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 05, 2026 · Swadesh

राष्ट्रिय लिग : पाँच दिनपछि धकेलियो, उद्घाटनमा काँक्रेविहार र फ्रेन्ड्स क्लब भिड्ने

राष्ट्रिय लिग : पाँच दिनपछि धकेलियो, उद्घाटनमा काँक्रेविहार र फ्रेन्ड्स क्लब भिड्ने

काठमाडौँ। राष्ट्रिय लिगको उद्घाटन खेलमा काँक्रेविहार युथ क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुने भएका छन्।


अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाँच दिनपछि प्रतियोगिता सार्दै लिगको खेलतालिका सार्वजनिक गरेको हो। ‘ए’ डिभिजनका शीर्ष १३ क्लब र एन्फा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ क्लब गरी कुल १७ टोलीको सहभागितामा लिग आयोजना हुन लागेको छ।


लिगमा कुल १३६ खेल खेलाइने छन्। खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, दशरथ रंगशाला र च्यासल मैदान गरी तीन भेन्युमा सञ्चालन हुनेछन्। प्रतियोगिता पुस ३० गतेदेखि सुरु हुने एन्फाले जनाएको छ।


राष्ट्रिय लिगमा एपीएफ एफसी, मच्छिन्द्र एफसी, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, संकटा एफसी, चर्च बोइज युनाइटेड, फ्रेन्ड्स क्लब, जावलाखेल युथ क्लब, न्यूरोड टिम, श्री भगवती क्लब, त्रिभुवन आर्मी एफसी, चित्लाङ एफसी, काँक्रेविहार युथ क्लब, नव जनजागृति क्लब, सातदोबाटो युथ क्लब, ललिगुराँस एसोसिएसन र प्लानिङ ब्वाइज युनाइटेड सहभागी छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →