← समाचारमा फर्कनुस्
पुष २५ बाट राष्ट्रिय लिग

काठमाडौँ। अखिल नेपाल फुटबल संघ एन्फाले आगामी पुष २५ गतेबाट राष्ट्रिय लिग आयोजना गर्ने भएको छ।
एन्फा कम्पलेक्स सातदोबाटोमा सोमबार बसेको कार्यसमितिको आपतकालिन बैठकले सो निर्ण गरेको हो। सो प्रतियोगिताका लागि संघको विधान अनुसारका क्लबहरुका साथै इच्छुक सबै ए डिभिजन क्लबहरुलाई टिम दर्ता गर्न खुला गर्ने निर्णय गरेको छ।
यस्तै, प्रतियोगिता सम्पन्न भएको एक महिना भित्र ए डिभिजन लिग आयोजना गर्ने र राष्ट्रिय लिगको आगामी एक वर्ष र शहिद स्मारक ए डिभिजन लिगको आगामी पाँच वर्षको लागि मार्केटिङ्ग, टिकेटिङ्ग, ब्रोडकास्टिङ, डिजिटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय गरियो।
बोलपत्रको लागि राष्ट्रिय लिगको सातदिने र शहिद स्मारक ए डिभिजन लिगको लागि १५ दिने सुचना जारी गर्ने निर्णय गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |